विराटनगर १० मंसिर । सुनसरी ४ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । नेपाली कांग्रेसले मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको दाबी गरेपछि गणना रोकिएको हो ।
सुनसरी ४ मा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले घटना छानबिन मागसहित सर्वदलीय बैठक बस्नुपर्ने अडान लिएका छन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ । मतगणना रोकिनुअघिसम्म पछिल्लो मत परिणामअनुसार कांग्रेस उम्मेदवार कार्की २३ हजार ४३९ मतका साथ झिनो अग्रतामा छन । एमाले उम्मेदवार जगदीश कुसियैतले २३ हजार ३४१ मत पाएका छन ।