विराटनगर, २८ कात्तिक । हेल्प ग्रुप नेपालले १२ दिनमा एक हजार दुईसयलाई लैगिंक हिंसा विरुद्धको सचेतनामुलक अभिमुखीकरण गरेको छ । विराटनगर महानगरपालिकाको सहयोगमा हेल्प ग्रुपले आयोजना गरेको अभिमुखीकरणमा विराटनगरका ६ वटा वडाका महिला तथा विद्यार्थीको सहभागिता रहेको थियो ।
कात्तिक १६ गतेदेखि कात्तिक २८ गतेसम्म विराटनगर वडा नं. ५, ६, ७, ९, ११ र १२ नं. वडाका महिला र विद्यार्थीहरुलाई लैगिंक हिंसा विरुद्धको सचेतनामुलक अभिमुखीकरण कार्यक्रम गरिएको एवीसी विराटनगर तथा हेल्प ग्रुप नेपालकी अध्यक्ष विष्णु शर्मा पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार १२ दिनमा ८ सय विद्यार्थी र ४ सय महिलाको अभिमुखीकरणमा सहभागिता रहेको थियो । उहाँका अनुसार सरस्वती मावि, गोग्राहा मावि, शिक्षा सदन मावि, जनपथ मावि, आदर्श मावि, होलील्याण्ड स्कुल, सगरमाथा सेकेन्डरी स्कुल, विकेभीएमका विद्यार्थीहरुलाई लैगिंक हिंसा विरुद्धको सचेतनामुलक अभिमुखीकरण गरिएको छ ।
तालिमको सहजीकरण डा. डिला संग्रौला, अधिवक्ता कविता बस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक अदित राई लगायतले गर्नुभएको थियो ।
एक दिने अभिमुखीकरणमा लैगिक हिंसा, महिला कानुनी अधिकार, नेतृत्व विकास, साईवर क्राईम र मानव बेचविखनका विषयमा प्रशिक्षण दिईएको अध्यक्ष शर्माले बताउनुभयो ।