विराटनगर २४ कात्तिक । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारले घरदैलो, मतदाता भेटघाट, कोणसभा, टोलसभालाई तीव्र बनाएका छन् ।
निर्वाचनका लागि प्रचार प्रसारको समय मंसिर १ गते राती १२ बजे सम्म मात्रै छ । यतिबेला उम्मेदवारले आफ्ना अभियानलाई तीव्र बनाएका छन् । मोरङ क्षेत्र नं. ४ (क) मा एमालेबाट उम्मेदवारी दिएका जयप्रकाश चौधरीको निर्वाचन क्षेत्रमा जनताको लहर ह्वातै अघि बढेको छ । १५ वर्ष सामाजिक कार्यमा विताएका जयप्रकाशले राजनीतिबाट समाजको विकास गर्ने सोचका साथ अघि बढेका छन् । उनीसँग अहिले निर्वाचन क्षेत्रका जेष्ठ नागरिक, यूवा लगायतको उल्लेख्य सहभागिता छ । यूवा नेतृत्वलाई स्थापीत गर्नका लागि उनको अभियानमा साथ दिन दैनिक यूवाहरुको उल्लेख्य सहभागिता बढ्दै गएको छ ।
विराटनगर १९ का आशिष चौधरीले जयप्रकाश चौधरी प्रति जनताको भरोसा बढेको बताए । उनीप्रति जनलहर बढ्दो क्रममा रहेको उनको भनाई छ । बेलबारी ५, ६ र ७, ग्रामथान गाउँपालिका, विराटनगर १९, कटहरी ४, ५, ६ र ७ निर्वाचन क्षेत्र रहेको मोरङ क्षेत्र नं. ४ (क) का करिव सवै मतदाताकहाँ उनी पुगीसकेका छन् । आफ्नो पक्षमा निर्वाचनको माहौल बढेको उनको भनाई छ । चौधरी सहभागी चुनावी अभियानमा सयौंको सहभागिता हुने गरेको छ । इमान्दार, उच्च बौद्धिक क्षमता भएका चौधरीको पक्षमा जनताको लहर बढेको स्थानीयबासीको भनाई छ । सानैदेखि सवै व्यक्तिहरुलाई समान रुपमा हेर्ने बानी रहेका उनीहरुको भनाई छ ।