प्रत्यक्षतर्फका करिब २ करोड ३७ लाख मतपत्र तयार

काठमाण्डौं, ११ कात्तिक । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि २ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छापिइसकेको बताएको छ ।

पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि १ करोड १८ लाख प्रतिनिधिसभातर्फ ९८ हजार र प्रदेशसभातर्फ १ करोड १७ लाख ८२ हजार ५०० मतपत्र छपाइ भएको आयोगले बताएको हो । आयोगका अनुसार छपाइ भएका मतपत्रमध्ये १३ कात्तिकमा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुनेछ।

प्रतिनिधिसभाका लागि १६५ र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्र छन्। निर्वाचन आगामी ४ मंसिरमा देशभर एकै चरणमा हुँदै छ । आगामी निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन ।

आगामी निर्वाचनबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० र प्रदेशसभाको समानुपातिकतर्फ २२० सदस्य निर्वाचित हुनेछन ।