प्रदेश र प्रतिनिधिसभा निर्वाचनका बागी विद्रोहीलाई निश्कासन गर्ने एमाले मोरङको निर्णय

विराटनगर, ७ कात्तिक । नेकपा एमाले मोरङले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लिएर पार्टीहित विपरित काम गर्नेहरुलाई कारवाहि गरेको ।

नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षता र स्थायी कमिटी सदस्य गुरु बरालको प्रमुख आतिथ्यतामा असोज ३१ गते सम्पन्न बैठकले कारवाहिको निर्णय गरेको हो । एमाले मोरङले पार्टी निणर्य विरुद्ध मोरङ क्षेत्र नम्बर ५ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएका योगेन्द्र मण्डल र सोहि क्षेत्रको १ तर्फ उम्मेदवार बन्नुभएकी वसन्ती यादवलाई पार्टि विधानको दफा ८० बमोजिम निस्कासन गर्ने निर्णय गरेको छ ।

नेकपा एमालेका प्रदेश कमिटीका सदस्यहरु रामकुमार बस्नेत र राजकुमार बस्नेतले पार्टी विरुद्ध गतिविधि गरि दिएको राजिनामा समेत प्राप्त भएकोले आवश्यक कारवाहिको लागि प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै नेकपा एमालेका सचिव रुपेश खतिवडालाई भने कारवाहि नगर्नुपर्ने कारणसहितको जवाफ दिन १५ दिने अल्टिमेटम दिएको छ ।

उहाँले दिएको राजिनामा स्वीकृत गर्दै पार्टी विधानको दफा ८० को उपदफा १,२,३,४ वमोजिम तपाईलाई अनुशासनको कारवाहि किन गर्नु नपर्ने हो ? भन्ने कुराको उपयुक्त र चित्तबुझ्दो जवाफ १५ दिनभित्र पार्टीलाई दिन अन्यथा पार्टी विधान वमोजिम स्वतः निष्कासन हुने जनाएको छ ।