विराटनगर, ३० असोज । संविधानमा समानुपातिक र समावेशी प्रतिनिधित्व गराउनु पर्ने व्यवस्था भएपनि यौनिक तथा लैंगिक अल्पसंख्यकहरु बारे राजनैतिक दलहरुले चासो नदिएको कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघले विराटनगरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागिहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राजनैतिक अधिकार संरक्षणका लागि राजनैतिक दलहरुले चासो नदिएको बताए ।
राजनैतिक प्रतिनिधित्व मात्र होइन राजनैतिक दलको कार्यसमितिमा पनि यौनिक तथा अल्पसंख्यकहरुको प्रतिनिधित्व भए मात्र उनीहरुको राजनैतिक र मानव अधिकार संरक्षण हुने तर्फ राजनैतिक दलहरुको ध्यान जानुपर्ने यौनिक तथा लैैंगिक अल्पसंख्यक महासंघकी अध्यक्ष मनिषा ढकालले बताउनुभयो । सो कार्यक्रममा सहभागिहरुले रुप रंग तथा बनोटका कारण अहिले पनि यौनिक तथा अल्पसंख्यकहरु विभेदमा पर्ने गरेकाले राजनैतिक दलहरुको आगामी चुनावी घोषणा पत्रमा यस बारे ध्यान दिन आग्रह गरिएको छ । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ३ जना यौनिक तथा अल्पसंख्यकहरु उम्मेदवार बनेका छन् ।
सो कार्यक्रममा राजनैतिक दलका प्रतिनिधिहरु, स्थानीय पािलकाका प्रतिनिधिहरु र सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।