विराटनगर, ३० असोज । विराटनगर जेसीजले जेसीज सप्ताह कात्तिक १ गते मंगलबार देखि शुरु गर्दै छ ।
विगत वर्षहरु झै यस वर्ष पनि विविध कार्यक्रमहरु समेटेर जेसीज सप्ताह शुरु गर्न लागिएको आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । सप्ताह अन्र्तगत कात्तिक १ देखि कात्तिक ५ गते सम्म विविध कार्यक्रमहरु गरिने विराटनगर जेसीजका अध्यक्ष देवचन्द्र घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रम अन्र्तगत कात्तिक १ गते कार्यक्रम उद्घाटन तथा शहिद रंगशाला विराटनगरमा स्लो साईकल रेस, कात्तिक २ गते आमाको छात्रावास विराटनगर ७ मा मायाको रासन, स्कुल व्याग र स्टेशनरी वितरण, सोही दिन विराटनगर बसपार्कमा यातायात मजदुरको स्वास्थ्य परीक्षण, कात्तिक ३ गते जेसीज भवनमा बहुशाखा अभिमुखीकरण, कात्तिक ४ गते विराटनगर महेन्द्र चौकमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरुसँग संवाद, कात्तिक ५ गते द स्पोर्ट हवमा पत्रकार महासंघ मोरङ र कर्पोरेट हाउसवीच मैत्रीपूर्ण फुटसल र सोही दिने साँझ ५ वजेदेखि जेसीज सम्मान र जेसीज रात्री कार्यक्रम होटल मनास्लुमा आयोजना हुने मुल संयोजक अभिनास थापाले जानकारी दिनुभयो ।
सन् १९७३ मा स्थापीत विराटनगर जेसीजले ४९ औं वर्षदेखि निरन्तर गर्दै आएको सप्ताह यस वर्षपनि भव्य रुपमा गरिने अध्यक्ष घिमिरेले बताउनुभयो ।