डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, २८ हजार १०९ मा संक्रमण

विराटनगर, १३ असोज । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ जनाको डेंगुबाट मृत्यु भएसँगै देशभर डेंगु संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको हो ।

डेंगु संक्रमितको संख्या २८ हजार १०९ पुगेको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा सातै प्रदेशका ७६ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा धेरै बागमती प्रदेशमा २१ हजार ९७५ जनामा डेंगु पुष्टि भएको छ भने सबैभन्दा कम कर्णालीमा २३८ जना संक्रमित छन । मुस्ताङबाहेक सबै जिल्लामा यसको संक्रमण पुष्टि भएको छ ।