नेतृत्वदायी भुमिकामा यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको सहभागिताको माग

विराटनगर, ५ असोज । यौनिक तथा लैगिंक अल्पसख्यक समुदायले संविधानमा लेखिएको अधिकार कार्यान्वयन नहुदा नेपाली नागरिकक्ता पाउनवाट आफुहरु वन्चित भएको गुनासो गरेका छन ।

विराटनगरमा आज आयोजित कार्यक्रममा उनीहरुले राजनितिकदलहरुले भोट वैंकको रुपमा मात्र प्रयोग गरेको भन्दै आफुहरुलाई पनि राजनितिक तहमा सहभागी गराउन आग्रह गरेका छन । मंसिर–४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुदैछ निर्वाचनमा नेतृत्वदायी भुमिकामा सहभागिता हुनपर्नेमा उनीहरुको जोड छ ।

सरोकारवाला निकायसंग यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको मुद्धाहरु विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले राज्य, समाज तथा परिवारहरुवाट आफुहरु अपहेलित हुने गरेकाले आफनो समुदायको अधिकारका लागी कलम चलाउन संचारकर्मीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा निलहीरा समाजका सुदीप गौतमले यौनिक तथा अल्पसंख्यक समुदायलाई समाज तथा परिवारले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन पनि संचारकर्मीको भुमिका महत्वपुर्ण रहने वताउनुभयो । समाज र परिवारवाट अपहेलित भएका कारण घर जान सक्ने अवस्था नभएपछि कोभिडको दुईवर्षको अवधिमा यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका ३० जनाले आत्महत्या गरेको उहाको भनाई थियो ।

परिवर्तन समाज समाजका मोरङ संयोजक परिवार र समाजले स्वीकार्न नसकेका कारण आफुहरुलै नागरिकता समेत पाउन नसकेको वताउनुभयो । राजनीतिकदलहरुले विभिन्न तह तप्कामा समेट्ने भनेर मौखिक आश्वासन दिएपनि दलहरु आफनो विधान तथा घोषणपत्रमा यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायलाई कुनैपनि स्थान नदिएको उहाले गुनासो गर्नुभयो ।
निलहिरा समाजका अनुसार नेपालमा योनिक तथा लैगिंक अल्पसंख्यकको संख्या ९ लाख वढि रहेको छ ।

९ लाखको संख्यामा यौनिक तथा अल्पसख्यक आफुहरुको संस्थामा जोडिएको सुदिप गौतमले वताउनुभयो । मोरङ जिल्लामा १५ हजार वढि यौनिक तथा लैंगिक अल्पसख्यक समुदाय रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।