प्रजातन्त्र सेनानी तोरेन्द्रमान सिंह प्रधानको निधन

विराटनगर, ३ असोज । प्रजातन्त्र सेनानी एवं समाजसेवी तोरेन्द्रमान सिंह प्रधानको आज निधन भएको छ ।

श्वासप्रश्वास समस्याबाट ग्रसित प्रधानको ९३ वर्षको उमेरमा आज अपरान्ह निधन भएको हो । राणा विरोधी २००७ सालको जनक्रान्तिमा सहभागी प्रधान संस्कृति विद पनि हुनुहुन्थ्यो ।

क्षयरोग निवारण संघ मातृकाप्रसाद कोइरालापछि दुईपटक अध्यक्ष हुनु भएका प्रधान गणेशमान सिंह फाउण्डेसनका अध्यक्ष, झिपुच विराटनगरको संस्थापक संयोजकलगायत दर्जनौं संघसंस्थामा आबद्ध हुनुहुन्थ्यो । उहाँको तीन छोरी छन् ।

प्रधानको भोलि शवयात्रासहित अन्त्येष्टि गरिने झिपुच विराटनगरका अध्यक्ष हरिबहादुर श्रेष्ठले बताउनुभयो ।