विराटनगर ८ द्धारा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

विराटनगर, ३१ भदौ । विराटनगर महानगरपालिका वडा नम्वर ८ ले जेष्ठ नागरिकहरुको मधुमेहको जाँच शुरु गरेको छ ।

हरेक महिनाको अन्तिम शुक्रबार वडाभित्रका जेष्ठ नागरिकको मधुमेहको निशुल्क जाँच अभियान शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो ।

न्युरो अस्पतालको प्राविधिक सहयोगमा शुरु गरिएको अभियान अन्र्तगत आज गरिएको पहिलो शिविरमा ७० जनाले सेवा लिएको वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ६० वर्ष माथिका व्यक्तिहरुलाई लक्षित गरि वडा कार्यालयले शिविर शुरु गरेको हो ।