लेखापढीमा पुनः न्यौपाने

विराटनगर, भदौ २६ । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाइ विराटनगरको अध्यक्षमा कञ्चन न्यौपाने पुनः अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

विराटनगरमा सम्पन्न अधिवेशनले न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा नारायणबहादुर खत्री, सचिवमा तोयानाथ काफ्ले, सह–सचिवमा आशीराम राजवंशी, कोषाध्यक्षमा हृदयकुमार राजवंशी र सहकोषाध्यक्षमा हरेराम यादव निर्वाचित हुनु भएको छ ।

सदस्यहरुमा तारा भण्डारी, आशनारायण चौधरी, सन्तोषकुमार पुर्वे, पुष्पराज थापा (आलोक), सद्दाम सोफी, देवीका भट्टराई चौहान र निरज यादव सदस्यमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक लोकेन्द्र ढकालले जानकारी दिनुभयो ।