विराटनगर, १७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग ‘पोलिटिकल’ कुरा भएको बताउनु भएको छ । उहाँले हामीवीच ‘पोलिटिकल’ बाहेक अरु कुरा नभएको बताउनुभयो ।
एमाले निटक विद्यार्थी संगठन अनेरास्ववियुको प्रदेश १ स्तरिय प्रशिक्षणमा विराटनगर आउनु भएका अध्यक्ष ओलीले पत्रकारसँगको संक्षिप्त कुराकानीमा सो कुरा बताउनु भएको हो । तपाईहरुवीच गठबन्धन गर्ने कुरा भएको हो भन्ने जिज्ञासामा उहाँले भन्नुभयोे,‘ गठबन्धन भन्ने वित्तिकै इरिटेड हुन्छ ।’
सत्तारुढ पाँच दलिय गठबन्धनवीच भागबन्डा विवाद नमिलिरहेका वेला कांग्रेस नेता डा. कोइराला र ओलीवीच विहीबार झापा आउनु अघि करिव दुई घण्टा ‘वान वान टु वान’ छलफल भएको थियो । उहाँले दुईजना विचको कुराकानी सुनाउन चाहनु भएन । प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले देशभरि नै हरेक दिन एमालेको संख्या बढ्दै गएको बताउनुभयो । सत्तारुढ पार्टी छाडेर एमालेमा प्रवेश गर्नेको लहर चलेको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयोे,‘ जनताको भेल अहिले एमालेमा जम्मा हुने क्रम बढेको छ ।’ विद्यार्थी संगठन अनेरास्ववियुको उचाई गठबन्धन दलका विद्यार्थी संगठनहरु भन्दा धेरै माथि रहेको उहाँको दावी छ । उहाँले भन्नुभयोे,‘ गठबन्धन दलका विद्यार्थी संगठनहरु सवै एकातिर हुँदै पनि अनेरास्ववियु नै बढी हुन्छ ।’ आगामी मंसिर ४ पछि जनताले राष्ट्रिय फैसला गर्ने भएकाले जनताको मतको रक्षा गर्न अहिल्यै देखि जुट््न पार्टी नेता कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयोे । अध्यक्ष ओलीले भन्नुभयोे,‘ मतपेटिकाको रक्षा गर्नका लागि अहिले देखि नै तयारी गर्नुहोस् ।’
अनेरास्ववियुको दुई दिने प्रशिक्षण कार्यक्रममाप्रदेश १ का १४ जिल्लाबाटै विद्यार्थी नेताहरुको सहभागिता रहेको छ । प्रदेश प्रशिक्षण कार्यक्रम दुई दिन सम्म चल्ने अनेरास्ववियुका केन्द्रीय उपमहासचिव भास्कर खनालले बताउनुभयो ।