सप्तकोशी बाढी प्रभावित ५५ बालबालिकालाई पौष्टिक आहार वितरण

विराटनगर, २८ साउन । सप्तकोशी नदीको बाढीबाट प्रभावित भएका उदयपुरको वेलकाका करिव ५ दर्जन बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको छ ।
राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ विराटनगरको समन्वयमा बाल हेल्प लाईन नं.१०९८ मोरङ र सुनसरी, सिपिसिएस को सहकार्यमा शनिबार पौष्टिक आहार वितरण गरिएको हो ।

वाढीबाट विस्थापित भएर अस्थायी संरक्षणमा रहेका ५५ जना ५ वर्ष मुनीका बालबालिकाहरूका लागि पौष्टिक खानेकुरा वितरण गरिएको राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सो सामग्री वेलका नगरपालिकाका प्रवक्ता पदमबहादुर खड्का र बाल कल्याण अधिकारी ज्योति राईलाई हस्तान्तरण गरि बालबालिकामा वितरण गरिएको थियो ।

५५ बालबालिकाको लागि २ लाख ७५ हजार वरावरको पौष्टिक आहार वितरण भएको अधिकारीले बताउनुभयो ।

सप्तकोशी नदीको एउटा भंगालो गत साउन १८ गते बेलका ८ बाट वस्तीमा पसेको थियो ।