देशभर २६३ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

विराटनगर, २८ साउन । पछिल्लो २४ घण्टामा २६३ जना कोरोना संक्रमित थपिएका छन । देशभर गरिएको १ हजार ३९९ पीसीआर र १ हजार ७६६ जनाको एन्टीजेन परीक्षणका क्रममा २६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

]गत २४ घण्टामा ५०१ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ७५ हजार ३०७ पुगेको छ। उक्त अवधिमा दुई जनाको मृत्यु भएको छ ।

यो सँगै मृत्यु हुनेको संख्या ११ हजार ९८६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर हाल ५ हजार ४३४ जना सक्रिय संक्रमित छन ।