उपप्रमुख कार्कीद्धारा रक्षाबन्धनको शुभकामना

विराटनगर, २७ साउन । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले रक्षा बन्धनको शुभकामना दिनु भएको छ ।

शुक्रबार (आज) श्रावण शुक्ल पुर्णिमाको अवसरमा हिन्दु धर्मावलम्वीहरुले पवित्र जनै लगाउने दिन, दिदिबहिनी– दाजुभाइ बिचको अटुट सम्बन्धको रुपमा रक्षाबन्धन ( राखी) बाधिने दिन, दिवंगतहरुको गणना गरिने भनेर चिनिने गाइजात्रा र अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उपप्रमुख कार्कीले शुभकामना दिनुभएको हो ।

उपप्रमुख कार्कीले आफनै महत्व बोकेका हरेक चाडले आनन्द र खुसी प्रदान गरुन भनि कामना गर्नु भएको छ ।