प्रदेश १ का ३९ स्थानीय तहमा उनको नेतृत्व कार्यक्रम

विराटनगर, २४ साउन । प्रदेश १ का ३९ स्थानीय तहमा उनको नेतृत्व ‘ शी लिड्स’ कार्यक्रम सञ्चालन भएको छ । झापा, मोरङ, सुनसरी, ओखलढुङ्गा र खोटाङका ३९ स्थानीय तहका ७३० महिला जनप्रतिनिधिको नेतृत्व विकासमा परियोजनाले सघाउ पुर्याउँदै आएको छ ।

जनप्रतिनिधि महिलाहरुलाई आफ्नो अधिकार तथा कामको बारेमा पनि जानकारी नहुने र त्यसले गर्दा योजना छनौट तथा कार्यान्वयनमा महिलाहरु तालि पड्काउने भूमिकामा मात्रै रहने भएकाले उनीहरुको व्यक्तिगत उत्थनशिलताको विकास, समस्याको विश्लेषण, नैतिकवान विकासका कुराहरुलाई परियोजनाले सघाउ पुर्याउँदै आएको दलित महिला केन्द्र नेपालकी मोरङ संयोजक निलम ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अनुसार महिला नेतृत्व कार्यक्रम दोस्रो चरणको तीन दिने अभिमुखिकरण कार्यक्रम अहिले सञ्चालनमा रहेको छ ।

ग्रामथान गाउँपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरु अहिले प्रशिक्षणमा रहेको संयोजक ढुङ्गेलको भनाई छ । ग्रामथान गाउँपालिका उपाध्यक्ष गुणावति धामी (थारु) ले महिलाहरुले पुरुषको निर्णयमा तालि पिट्ने काम मात्र भएको बताउनुभयो । मंगलबार तालिमको उद्घाटन कार्यक्रममा उहाँले महिलालाई अझै पनि नेतृत्वमा जानबाट रोक्ने परिपाटी कायमै रहेको बताउनुभयो । महिला, बालबालिका, दलित तथा लक्षित वर्गमा छुट्याईएको बजेट त्यसैमा खर्च गर्नुपर्ने भएपनि सबै हिड्ने बाटो बनेर खर्च गर्ने परम्परा रहेको उहाँको भनाई छ । स्वीस सरकार विकास सहयोग र अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा आईएफइएसको प्राविधिक सहयोगमा भएको तालिमको अभियानर्मी उमेश विश्वकर्मा र स्वस्तीका पोखरेलले सहजीकरण गरिरहनुभएको छ ।

परियोजना अन्र्तगत मोरङका ९ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालनमा रहेको छ । ग्रामथान, केराबारी, लेटाङ, बेलबारी, रंगेली, कटहरी, सुन्दरहरैचा, कानेपोखरी र उर्लाबारी नगरपालिकाका महिला जनप्रतिनिधिहरुलाई ५ चरणको तालिम दिईने बताईएको छ ।