धरान १९ साउन । नेकपा एमाले नेतृ मञ्जु भण्डारीले साम्प्रदायिक हिंसा भड्काउने सामग्री उत्पादन गरि सुनसरीको धरानका प्रमुख हर्कराज राईले सामाजिक सञ्जालमा पोष्ट गरेको घटनाप्रति गंभिर ध्यानाकर्षण भएको बताएकी छिन् ।
धरानको सामाजिक सद्भाव खलल पुग्ने गरि जातिय द्वन्द्व निम्त्याउने किसिमको विषयबस्तु राखि सामाजिक सञ्जाल फेसबुकमा फेक आइडि जेनेरेट गरि जातीय र साम्प्रदायिक हिंसा भड्काउने उत्तेजनात्मक अभिव्यक्ति सहितको फोटो सामग्री उत्पादन गरि स्वयं नगर प्रमुख राईले पोस्ट गरेको विषय प्रती गम्भीर ध्यानाकर्षण भएको एमाले नेतृ भण्डारीले विहीबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
केही समय अघि देखि आफ्ना बारेमा सामाजिक सञ्जालको प्रयोग गरि बराह सहकारी संघर्ष समितीको संयोजकसँग जोडेर नगर प्रमुख राईले वास्तविक पीडितहरुको आन्दोलन लाई राजनितिकरण गरि डाईभर्ट गर्न खोजिएको उनले बताएकी छिन् । नेतृ भण्डारीद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘ संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र उहाँकै धर्मपत्नी एवं धरान उपमहानगर पालिका, वडा नम्बर १५ कि वडा सदस्य रचना नेपालीका विरुद्ध जातिय छुवाछूत र विभेद हुनेगरी सामाजिक संजालमा गालिगलौज गरिएको घटनाले मलाई र सिङ्गो धरान लाई गम्भीर बनाएको छ ।’
आफ्नो आईडी मार्फत सम्प्रेषण भएको जस्तो देखिने गरि फेक पोस्ट जेनेरेटर एप्लिकेसनको प्रयोग गरी आदिवासी जनजाती समुदाय प्रती लक्षित गरेर जुन ढङ्गबाट धरानवासीको सामाजिक सदभावमा चोट पुग्ने सामग्री उत्पादन गरि नगर प्रमुख राईको फेसबुक पेज मार्फत सम्प्रेषण सामाग्रीको उनले निन्दा गरेकी छिन् ।
एमाले केन्द्रीय कमिटी सदस्य, सुनसरी जिल्ला सह–ईन्चार्ज तथा धरान उपमहानगर पालिकाको निवर्तमान उपप्रमुख समेत रहेकी उनले लामो समय देखि विभेद र असमानताका विरुद्ध कृयाशिल रहदै आएको बताएकी छिन् ।