विराटनगरबाट शुरु भयो सवारी चालक लाइसेन्सको ट्रायल

विराटनगर, १६ साउन । विराटनगरबाट सवारी चालक लाइसेन्सको ट्रायल शुरु भएको छ । विराटनगरस्थित ट्रायल सेन्टरको सोमबार प्रदेश १ मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गर्नुभएको थियो । उहाँले ट्रायल सेन्टरको उद्घाटन गर्दै सर्वसाधारणको सुविधाका लागि प्रदेश सरकारले विराटनगरबाट पनि सेवा शुरु गरेको बताउनुभयो ।

लिखित तथा प्रयोगात्मक ट्रायल परीक्षा विराटनगरबाट दिने व्यवस्था मिलाइएको यातायात व्यवस्था तथ सञ्चारमन्त्री उपेन्द्र घिमिरेले जानकारी दिनुभयो । गएको बुधबार देखि नै अनलाईन फाराम भर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । यसअघि सुनसरीको इटहरी, झापाको विर्तामोड, इलाम, धनकुटा र उदयपुरबाट लाइसेन्स वितरण भइरहेको थियो ।

यातायात व्यवस्था तथा सञ्चार मन्त्री घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, सामाजिक मन्त्री राजन राई, राज्यमन्त्री बिष्णुमाया तुम्बाहाम्फे, विराटनगर महानगरपालिकाको उपप्रमुख शिल्पा निराला कार्कीको उपस्थिति रहेको मन्त्री घिमिरेका प्रमुख स्वकीय सचिव कोशिस सुवेदीले जानकारी दिनुभयो ।