
विराटनगर २३ भदाै । जेनजीकाे प्रदर्शनका क्रममा सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ ।
घाइतेमध्ये २ जनाको मृत्यु भएको हो । मृतकहरू अन्दाजी २५ र ३० वर्षीय युवा रहेको प्रहरीले जनाएको छ । पहिचान खुल्न बांकी छ ।
गोली लागेर घाइते भएकालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो ।
प्रतिष्ठान पुर्याउनसाथ चिकित्सकले २ जनालाई मृत घोषित गरेका हुन् ।
जेनजी प्रदर्शनका क्रममा झापाको दमकमा गोली लागेर घाइते भएका १ जनाको पनि बीपीमै उपचार भइरहेको छ ।