सामाजिक सञ्जाल सरकारले बन्द गरेको होइन, कानुनी प्रक्रियामा ल्याउन खोजेको हो : सभापति देउवा

विराटनगर, २१ भदौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ गठबन्धनबाट बनेको वर्तमान सरकार पूरै अवधिसम्म चल्ने बताउनु भएको छ ।

विराटनगर विमान स्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानीमा उहाँले संविधान संशोधनका निम्ति दुई बहुमत सहित सबैको सहकार्य र एवं सहमतिको आवश्यक पर्ने जानकारी दिनुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘सामाजिक सञ्जाल सरकारले बन्द गरेको होइन, कानुनी प्रक्रियामा ल्याई दर्ता गर्न खोजेको हो ।’

नेपाली कांग्रेसको आसत्र महाधिवेशन समय आएपछि हुने भन्दै तत्काल सरकारका मन्त्रीहरु पनि हेरफेर नहुने उहाँले स्पष्ट पार्नु भयो ।
उहाँले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिकमा आउन नदिन संविधान र विधानमा कुनै बन्देज गर्ने उल्लेख नभएको धारणा राख्नुभयो ।