विराटनगर, १३ साउन । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले सुनसरीको चिमडीमा स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया तथा डस्टविन वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
स्वास्थ्य चौकी चिमडीमा आयोजना गरेको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरु तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितीमा बर्जु गाउपालिका वडा नं. ६ को वडा कार्यालयलाई, ईलाका प्रहरी कार्यालय चिमडी, स्वास्थ्य चौकी चिमडी, श्री माध्यमिक बिद्यालय चिमडीलाई गरी १७ थान डष्टविन संस्थाले उपलब्ध गराएको हो ।
कार्यक्रममा वित्तीय संस्थाका योजना तथा उद्यम विकास व्यवस्थापन विभागका विभागीय प्रमुख कृष्ण बहादुर खड्काले कार्यक्रमको उद्घेश्य माथि प्रकाश पार्दे स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने नायव महाप्रबन्धक भाग नारायण साहुले संस्थागत परिचय साथै लघुवित्त संस्था तथा समुदाय विचको अन्तरसम्बन्धका बिषयमा चर्चा गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बर्जु गाउपालिकाका अध्यक्ष जिबछ राय, बिषेश अतिथिमा गाउपालिका उपाध्यक्ष नितु कुमारी चौधरी, वडा नं. ६ का वडाध्यक्ष अशोक कुमार चौधरी, वडा सदस्यहरु, इलाका प्रहरी कार्यालय चिमडीका प्रमुख, स्वास्थ्य चौकी प्रमुख, स्थानिय श्री मा.वि.का सहायक प्रधानाध्यापक लगयात स्थानियहरुको उपस्थिती रहेको थियो ।
मन्तव्य दिने क्रममा बक्ताहरुले नेरुडेले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै आउदा दिनहरुमा पनि यस किसिमको कार्यक्रमहरुले निरन्तरता पाईरहोस भन्ने शुभेक्च्छा व्यक्त गरेका थिए । कार्यक्रमको समापन मन्तव्यको क्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भोज राज बस्यालले नेरुडेले पहिले पनि थुप्रै सामाजिक कार्यहरु गर्दै आईरहेको र यस आर्थिक वर्षको पहिलो कार्यक्रम चिमडीबाट शुरु गरेको, आउदा दिनहरुमा यसलाई अझ बढाउदै लैजाने र चिमडी क्षेत्रको बिकास र समृद्घीमा नेरुडे सधै सहयोगी रहने प्रतिबद्घता समेत व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन नेरुडे लघुवित्तको सामाजिक कार्य सञ्चालन सम्बन्धिका फोकल पर्सन राजु श्रेष्ठले गर्नु भएको थियो ।
राष्ट्रिय स्तरको नेरुडे लघुवित्त वित्तीय संस्थाले हाल ३१ जिल्लामा १०९ वटा शाखा कार्यालय मार्फत १ लाख ६० हजार ग्रहाक परिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । नेरुडेले स्थापना कालदेखि नै बचत कर्जा कारोबार सँग सगै सामाजिक रुपान्तरणसँग सम्बन्धीत विभिन्न कार्यहरु गर्दै आईरहेको छ । गत आ.व.२०७८-७९ मा मात्रै आफ्ना ग्राहक सदस्य तथा उनीहरुको परिवारलाई १ करोड ५ लाख २५ हजार आर्थिक सहयोग प्रदान गरेको छ ।
जसमा ग्राहक सदस्यको मृत्युभएकोमा ३४ लाख ६९ हजार, सदस्यको अभिभावको मुत्यृभएकोमा काजक्रिया खर्च ५६ लाख ५७ हजार ५ सय वितरण गरीसकेको छ । त्यसैगरी ग्राहक सदस्यहरु सुत्केरी हुदाँ ७ लाख ८१ हजार, सर्पको टोकाई हुदाँ उपचार खर्च रु. ६३ हजार ५ सय, घर आगलागी भएकोमा ७७ हजार ५ सय, बाढी पहिरोमा परेकाहरुलाई राहत स्वरुप १ लाख ८२ हजार, कोभिड संक्रमितभएकाहरुलाई पोषण खर्च वापत ३३ हजार र सदस्य तथा सदस्यका परिवारहरुमा दिर्घरोगी भई आम्दानीको श्रोत गुमाएर आर्थिक संकटमा परेकाहरुलाई २ लाख ६१ हजार ५ सय वितरण गरेको संस्थाले जनाएको छ ।