एसईई उत्तिर्ण विद्यार्थीलाई एभरेष्टले गर्‍यो अभिनन्दन

विराटनगर, १२ साउन । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले माध्यामिक शिक्षा परिक्षा (एसईई) उत्तिर्ण विद्यार्थीहरुलाई आज एक औपचारिक कार्यक्रमका बिच अभिनन्दन गरेको छ ।

एसईईको परिक्षाफल प्रकाशित भएको भोलिपल्ट नै विद्यालयले एभरेष्ट एजुकेसन फाउण्डेसन अन्तर्गत कै एभरेष्ट कलेजको सभाहलमा विद्यार्थीहरुलाई अभिनन्दन गरेको हो ।

एभरेष्ट स्कुलबाट १ सय ८२ जनाले एसईई परिक्षा दिएका थिए । परिक्षा दिएका सम्पूर्ण विद्यार्थीहरु उत्कृष्ट जीपिएका साथ उत्तिर्ण भएको एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीले बताउनुभयो । उहाँका अनुसार कोरोनाको महामारीका कारण अध्ययन अध्यापनमा परेको प्रतिकुल प्रभावका बिच विद्यार्थीहरुले ल्याएको परिणाम अत्यन्त उत्कृष्ट भएको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई आ–आफ्नो रुचि अनुसारको उच्च शिक्षा हासिल गर्न सुझाव दिँदै एभरेष्ट स्कुलले सिकाएको सीप, संस्कार र प्रविधिलाई अधिकतम उपयोग गर्दै अघि बढ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘हामी चाहन्छौं, तपाईंहरुको उज्जवल भविष्य होस्, र हरेक क्षेत्रमा तपाईहरुले अब्बल भएर देखाउनुहोस् ।’

निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन)का निवर्तमान अध्यक्ष समेत रहनुभएका पुरीले राष्ट्रिय परिक्षा बोर्डले समयसापेक्ष परिक्षा लिन नसक्दा विगतका भन्दा समग्रमा रिजल्ट खस्केको बताउनुभयो । प्रश्नपत्र तयार गर्दा न्यूनतम सिकाई उपलब्धिको मूल्याङ्कन नगरि प्रश्नपत्र तयार पारिएको उहाँले बताउनुभयो ।

यस्तै बोर्ड परिक्षाफलको मापदण्ड फेरबदलमा पनि चुकेको पुरीले बताउनुभयो । अभिनन्दन भएपछि विद्यार्थीहरुले एभरेष्टले सिकाएको ज्ञानलाई व्यवहारत अनुशरण गर्दै अघि बढ्ने बताएका छन् ।