पूर्व राष्ट्रपति विद्या भण्डारी विराटनगर आउने

विराटनगर २४ साउन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आउनु हुने भएको छ । आगामी भदौ २ गते विराटनगर आउने तय भएको उहाँको सचिवालयले जनाएको छ ।

विराटनगरबाट प्रकाशित उद्घोष दैनिकको बार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पूर्व राष्ट्रपति भण्डारी आउन लाग्नु भएको हो । भण्डारीको सचिवालयका अनुशार बार्षिकोत्सव बाहेक अन्य औपचारिक कार्यक्रम नभए पनि अनौपचारिक भेटघाटको कार्यक्रम रहेको छ । एमाले पूर्व उपाध्यक्ष समेत रहनु भएकी भण्डारीले एमाले नेता कार्यकर्ताहरुसँग भेटघाट गर्नुहुने सचिवालयले जनाएको छ ।

भदौ २ गते विराटनगरमै बसेर भदौ ३ गते मात्र काठमाण्डौं फर्कने कार्यक्रम रहेको बताईएको छ ।