
सुन्दरहरैचा २९ असार । माेरङकाे सुन्दरहरैचा नगरपालिकाले बर्षका उत्कृष्ट दम्पती (ढुकुर जाेडी) सम्मान गरेकाे छ ।
नगरपालिकाले सार्वजनिक सूचना आह्वान गरेर उत्कृष्ट दम्पतीकाे खाेजि गरेकाे थियाे ।
आवेदन दिएका ४८ जाेडी मध्ये नगरका मापदण्डअनुसार प्रत्येक वडाबाट १/१ जाेडी गरि १२ जाेडीलाई उत्कट दम्पती घाेषणाा गरि आइतबार नगरपालिकाले नगद १०/१० हजारका दरले सम्मानित गरेकाे हाे ।
सम्मानित हुने दम्पतीहरूमा वडा नं १ का केशवप्रसाद काफ्ले र कञ्चन दाहाल, वडा नं २ का सचिदानन्द साह र संगीताकुमारी गुप्ता, वडा नं ३ का ध्रुव निराैला र अनु दाहाल, वडा नं ४ का डिल्लीप्रसाद सिग्देल र अप्सरा सिग्देल, वडा नं ५ का वीरेन्द्रकुमार कट्टेल र सीतादेवी कट्टेल, वडा नं ६ का बालकृष्ण घिमिरे र सकुन्तला गाैतम घिमिरे, वडा नं ७ का बलिराम चाैधरी र फुलाेदेवी चाैधरी, वडा नं ८ का खगेन्द्र न्याैपाने र सम्झना न्याैपाने, वडा नं ९ का याेगराज कार्की र हिमकुमारी कार्की, वडा नं १० का बाैद्वबहादुर दाहाल र कल्याणी खड्का दाहाल, वडा नं ११ वेदकुमार खवास र केसवति खवास, वडानं १२ का अम्बर बहादुर मगर र ताराकुमारी मगर रहनु भएकाे छ ।
उत्कृष्ट जाेडीलाई नगर प्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चाैधरी, प्रमुख प्रशासकीय अधिकृत विनाेदकुमार न्याैपानेले सम्मानित गर्नु भएकाे थियाे ।
न्यायिक समितिका उजुरी प्रशासक निरज न्याैपानेले नगरपालिकाले आर्थिक बर्ष २०८१-०८२ नीति कार्यक्रममा उत्कृष्ट ढुकुर जाेडी ( दम्पती जाेडी) घाेषणाकाे नीति लिइएकाे बताउनुभयाे ।
न्यायिक समितिमा बढी उजुरी श्रीमान -श्रीमतीकाे पर्न थालेपछि उत्कृष्ट जाेडी सम्मान कार्यक्रम अघि बढाइएकाे उहाँले बताउनुभयाे ।
प्रमुख प्रशासकीय अधिकृत न्याैपानेले नगरले फरक किसिमकाे कार्यक्रम गरेकाे बताउनुभयाे । उहाँले संयुक्त परिवार हुनुपर्ने , झैझगडा नभएकाे लगायतका मापदण्डअनुसार उत्कृष्ट जाेडि छनाैट गरिएकाे बताउनुभयाे । उहाले उत्कृष्ट जाेडी सम्मान कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयाे ।
नगर प्रमुख गुरागाईले समाजमा राम्रो गर्नेलाई सम्मान गर्नुपर्ने बताउनुभयो । समाजलाई मर्यादित बनाउन व्यक्ति पनि मर्यादित हुनुपर्ने बताउनुभयाे ।
सम्मानित जाेडि सामाजिक पुँजी भएकाे र राेलमाेडलका रूपमा स्थापित गरिने प्रमुख गुरागाईकाे भनाइ छ ।
नगर उपप्रमुख तथा न्यायिक समिति संयाेजक अकली चाैधरीले उत्कृष्ट दम्पतीकाे फाेटाे एक बर्ष सम्म वडा कार्यालयमा राखिने र स्वास्थ वीमा निशुल्क गरिने बताउनुभयाे ।