विराटनगरको मेरिल्याण्डलाई उत्कृष्ट कलेज अवार्ड

विराटनगर ७ असार । मेरिल्याण्ड कलेज विराटनगरलाई कोशी प्रदेशकै उत्कृष्ट कलेजका रुपमा सम्मान गरिएको छ ।

फोकस नेपालले आज काठमाण्डौंमा आयोजित कार्यक्रममा विराटनगर ७ स्थित मेरिल्याण्ड कलेजलाई कोशी प्रदेशकै उत्कृष्ट कलेज अवार्डबाट सम्मानित गरिएको हो ।

काठमाण्डौंमा आज आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कलेजलाई सो सम्मान प्रदान गर्नु भएको हो ।

मेरिल्याण्ड कलेजलाई व्यवस्थापन शिक्षामा पूर्व क्षेत्रकै उत्कृष्ट कलेजका रुपमा लिने गरिन्छ ।

मेरिल्याण्डले यसैवर्ष देखि विज्ञान संकायको शिक्षा पनि सञ्चालनको तयारी गरेको कलेजका प्रिन्सीपल लक्ष्मण ढकालले जानकारी दिनुभयो ।