सप्तकाेशीमा नुहाउने क्रममा २ जना बेपत्ता

विराटनगर ८ वैशाख । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित कोशीमा नुहाउने क्रममा २ जना बेपत्ता भएका छन् ।

सुनसरीको इटहरी उप-महानगरपालिका-१६ बालग्रामका ४० बर्षीय नबराज बास्तोला र निजका १६ बर्षीय भान्जा जेनिस आर्चाय बराहक्षेत्र मन्दिर छेउमामा कोशीमा नुहाउने क्रममा बैशाख ८ गते बिहान पौने ९ बजे बेपत्ता भएका हुन् ।

घटनाबारेमा जानकारी पाउँनासाथ बेपत्ता भएका मामा र भान्जाको खोजतलाशको लागी सुनसरीको इलाका प्रहरी कार्यालय चतारा, प्रहरी चौकी बराहक्षेत्रबाट प्रहरीको टोली खटिएको छ बने सशस्त्र प्रहरीको १५ जना गोताखोर टोली समेत खोजतलाशमा खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।