
विराटनगर ६ वैशाख । तेली साह समाज मोरङ जहदाको ८ औं साधारण सभा आज सम्पन्न भएको छ । जहदा गाउँपालिका वडा नं. ३ मा अवस्थित तेली साह समाज जहदाले ८ औं साधारण सभा सम्पन्न गरेको हो ।
साधारणसभाले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा अध्यक्षमा सोहितकुमार साह, उपाध्यक्षमा रामदेव साह, सचिवमा राजकुमार साह, सहसचिवमा श्यामावती साह, कोषाध्यक्षमा सरिता कुमारी साह चयन भएका छन । सदस्यहरूमा विनोदप्रसाद साह, ओमनलाल साह, सन्तोष साह, संगिता साह, रिना देवी साह, गुलाव चन्द साह, सन्तोष कुमार साह र कृष्ण साह रहेका छन ।
नयाँ कार्यसमितिलाई निर्वाचन अधिकृत लिलाकान्त साहले समाजका जिल्ला अध्यक्ष डा. बालकृष्ण साह, जिल्ला सदस्यहरू गणेश कुमार साह र धमेन्द्र साहको रोहबरमा सपथ ग्रहण गराउनु भएको थियो ।
यसअघि साधारण सभाको उद्घाटन कार्यक्रममा जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह, उपाध्यक्ष हन्ना सोरेन, तेली कल्याण समाज नेपाल मोरङका जिल्ला अध्यक्ष डा. बालकृष्ण साह, नेपाली कांग्रेसका कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, नेपाल कुर्मी समाजका प्रतिनिधि हरिहर राय, तथा बीआईसी नेपालका गणेश कुमार साह लगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
साधारण सभाले तेली साह समाजलाई ‘तेली कल्याण समाज नेपाल’ अन्तर्गत रहेर संगठन विस्तार गर्ने, सजातीय संस्कार, संस्कृति र पहिचान जोगाउने तथा समाजमा विद्यमान कुरितिहरूको विरुद्ध एकजुट भएर अघि बढ्ने निर्णय गरेको छ ।
कार्यक्रममा जग्गादाता लाखपति साहलाई विशेष सम्मान गरिएको थियो । उनले समाजको सामुदायिक भवन निर्माणका लागि २ कठ्ठा जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।
साधारणसभामा करिब २०० जनाको सहभागिता रहेको थियो ।