विराटनगर २ असार । प्रदेश १ को आर्थिक बृद्धिदर ५ दशमलव ४१ हुने अनुमान गरिएको छ । आर्थिक सर्वेक्षण २०७८–०७९ मा आर्थिक बृद्धिदर ५ दशमलव ४१ पुग्ने अनुमान गरिएको हो ।
चालु आर्थिक वर्षमा कोभिड १९ महामारीको प्रभाव क्रमश ः घट्दै गई प्राय ः सवै आर्थिक गतिविधिहरु पूर्ववत अवस्थामा सञ्चालन भएकाले गत आर्थिक वर्षको तुलमा बृद्धि हुने अनुमान गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
प्रदेशगत रुपमा हेर्दा सवैभन्दा बढी बागमतीको ६ दशलमल ७४ र सवैभन्दा कम मधेश प्रदेशको ४ दशमलव ८२ प्रतिशत रहने अनुमान गरिएको छ ।
०७७–७८ मा प्रदेश १ को आर्थिक बृद्धिदर ४ दशमलव ३४ रहेको थियो । चालु आर्थिक वर्ष सहित पछिल्लो ४ वर्षमा बार्षिक औषत बृद्धिदर ४ दशमलव २ प्रतिशत रहेको छ ।
प्रदेश १ को प्रतिव्यक्ति आय बढ्ने भएको छ । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय १ हजार २६७ अमेरिकी डलर हुने अनुमान गरिएको छ । गतवर्ष १ हजार १४९ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा ११८ अमेरिकी डलरले प्रतिव्यक्ति आय बढ्ने प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्रायले अनुमान गरेको छ । ०७५–०७६ मा १ हजार ८९ र ०७६–०७७ मा १ हजार ७३ प्रतिव्यक्ति अमेरिकी डलर थियो ।
आर्थिक सर्वेक्षण २०७८–०७९ अनुसार प्रदेशगत रुपमा बागमतिको सवैभन्दा बढी २ हजार ४३० र सवैभन्दा कम मधेश प्रदेशको ८६८ अमेरिकी डलर रहेको अनुमान छ ।
आर्थिक सर्भेक्षण अनुसार गत आर्थिक वर्षको तुलनामा खर्चमा संकुचन आएको छ । २०७८–०७९ को पहिलो ८ महिनामा अघिल्लो आर्थिक वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले संकुचन आएको छ । ८ महिनामा १२ अर्व ५८ करोड २७ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १३ अर्व ३६ करोड ४६ लाख थियो ।
०७७–०७८ मा प्रदेश १ को कुल खर्च ०७६–०७७ को तुलनामा ६ दशमलव ३ प्रतिशतले संकुचन भएको थियो । ०७७–०७८ मा २७ अर्व ९५ करोड १३ लाख थियो । आ.व. ०७६–०७७ मा कुल खर्च ०७५–०७६ को तुलनामा ४० दशमलव ७ प्रतिशतले बढेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।