विराटनगर, ३१ जेठ । प्रदेश १ की निमित्त प्रहरी प्रमुख एसएसपी मीरा चौधरीले प्रदेश १ का विभिन्न जिल्लाका प्रहरी प्रमुखहरुलाई आज आवश्यक निर्देशन दिनु भएको छ ।
अपराधिक गतिविधि निरुत्साहित गर्न उहाँको निर्देशन छ । प्रदेश १ का जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फ्रेन्समार्फत निर्देशन दिँदै उहाँले अपराधिक गतिविधि निरुसाहित गर्न अहोरात्र प्रहरी परिचालनमा जोड दिनु भएको हो । एसएसपी चौधरीले हिरासत व्यवस्थापनमा विशेष ध्यान दिएर त्रुटिरहित तवरबाट कार्य सम्पादन गर्न पनि निर्देशन दिनु भएको छ ।
‘अपराधिक गतिविधि नियन्त्रणका लागि अहोरात्र प्रहरी परिचालन गर्नुपर्छ,’ जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिँदै उहाँले भन्नु भयो, ‘त्रुटिरहित तवरबाट हिरासतको व्यवस्थापनमा जोड दिनुपर्छ ।’ चौधरीले अपराध अनुसन्धान शाखाका प्रमुख तथा हिरासत व्यवस्थापन अधिकृतहरुलाई समेत आवश्यक निर्देशन दिनु भएको छ ।