विराटनगर २१ माघ । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी मोरङले दुई सदस्यलाई सम्मान गर्ने भएको छ ।
माघ २२ गते मंगलबार विराटनगरमा स्थापना दिवसको अवसर पारि प्रेस चौतारी मोरङका संस्थापक सचिव डिल्ली पोखरेल र पूर्व सचिव धर्मराज ढकाललाई सम्मान गरिने अध्यक्ष चीना थापाले जानकारी दिनुभयो ।
पोखरेलले नेपालको आर्थिक विकासमा कृषि सहकारी संस्थाहरुको भूमिका विषयमा विद्यावारिध (पीएचडी) र ढकालले नेपाली कटन उद्योगहरुमा कार्यरत मजदुरहरुको उत्प्रेरणा र कार्य सम्पादनको अवस्था विषयमा विद्यावारिध (पीएचडी) गर्नु भएको हो । प्रेस चौतारीका सदस्यहरुले पीएचडी हासिल गर्नु गौरवपूर्ण कार्य भएकाले सम्मान गर्ने निर्णय गरिएको अध्यक्ष थापाले बताउनुभयो ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले उहाँहरुलाई सम्मान गर्ने कार्यक्रम छ । स्थापना दिवसको अवसरमा वितरण हुँदै आएको कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कारबाट पत्रकार हरिहर नेपाललाई पुरस्कृत गरिदैछ ।