प्रेस चाैतारी माेरङले वार्षिक कार्ययाेजना बनाएर काम गर्ने

विराटनगर १५ माघ । प्रेस चाैतारी माेरङले वार्षिक कार्ययाेजना बनाएर काम गर्ने भएकाे छ ।

कार्ययाेजना समेटेर बार्षिक क्यालेन्डर तयार गरिने चा‌ैतारी माेरङले निर्णय गरेकाे छ ।

मंगलबार विराटनगरमा नवनिर्वाचित कार्यसमिति अध्यक्ष चीना थापाकाे अध्यक्षतामा बसेकाे पहिलाे बैठकले कार्ययाेजना सहितकाे क्यालेन्डर तयार गर्न सचिव नवराज भट्टराईकाे संयाेजकत्वमा सहसचिवद्वय कृष्णचन्द्र सुवेदी र राजकुमारी तामाङ सदस्य रहनु भएकाे छ ।

बैठकले प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवस विराटनगरमा भव्यरूपमा मनाईने साे अवसरमा हरेक वर्ष वितरण गर्ने गरिएकाे कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कारका लागि पुरस्कृत व्यक्ति छनाेटका लागि पप्रेस चौतारीका केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज कमल रिमालको संयाेजकत्वमा छनाेट समिति बनाईएकाे छ ।

कार्यसमिति बैठकले सचिवालय पनि गठन गरेकाे छ ।
७ जना पदाधिकारी र सदस्यहरु रोमा दाहाल (निशा) र दिपक खड्का रहेको सचिवालय गठन गरिएकाे सचिव भट्टराईले जानकारी दिनुभयाे ।

प्रेस चौतारी मातहत प्रदान गरिँदै आएको कृष्णप्रसाद सिग्देल युवा स्मृति पत्रकारिता पुरस्कार, जनार्दन मैनाली स्मृति स्मृति पत्रकारिता पुरस्कार र शालिग्राम मन्जुदेवी पत्रकारिता पुरस्कारको अक्षयकोषको अवस्थाका बारेमा अध्ययन गरी व्यवस्थित गर्ने निर्णय गरिएकाे बताईएकाे छ ।