जिफण्ट प्रदेश १ अध्यक्षमा पुनः धमला

विराटनगर, १४ जेठ । नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) प्रदेश नं. १ को अध्यक्षमा पुनः किशोर धमला निर्विरोध निर्वाचित भएका छन् ।

विराटनगरमा शनिबार भएको जिफण्टको प्रथम अधिवेशनबाट धमला दोस्रो कार्यकालको लागि पुनः निर्विरोध निर्वाचित भएका हुन् । जिफण्टको उपाध्यक्षमा शशीकुमार राई, सचिवमा सुर्यप्रसाद खवास निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा सुश्मिता चौधरी, हरि राई, हरिबहादुर अधिकारी, शुखराज कटुवाल, सीतादेवी बन्जरा काफ्ले, मनकुमारी मगर, नयेन्द्रबहादुर बिष्ट, सीतादेवी उप्रेती, पुन्य प्रसाद गुरागाई, कृष्णप्रसाद काफ्ले, राजेश साह, सीता राई, मीना जिसी, खेमराज पोखरेल, विष्णुराम राई रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष धमलाले श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरुक्षा कोषलाई कार्यन्वयन गराउने बताएका छन् । प्रदेशभित्रको प्रत्येक स्थानीय तह र जिल्लाहरूमा श्रमिकहरूको निमिक्त श्रम डेक्सको स्थापना गर्न पहल गर्ने उनले बताए । १३७ पालिकामा र जिल्लाहरुमा श्रमिकको समस्याको सुनवाइ गर्न श्रम समन्वय गठन गर्न प्रदेश सरकारलाई दबाव दिने उनले बताए ।