विराटनगर, ९ जेठ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पदभार ग्रहण गर्दै करको दायरा बढाउने र करको दर घटाउनका लागि परामर्श समितिलाई निर्देशन दिएका छन् ।
चुनावी प्रतिबद्धता अनुसार अनुसार उनले पहिलो निर्णय नै कर घटाउन निर्णय गरेका हुन । सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिस्ट्रेशन कर, सवारी साधन कर, भूमि कर(मालपोत), मनोरञ्जन कर, विज्ञापन कर, व्यवसाय कर र होडिङ बोर्ड कर उठाउने अधिकार स्थानीयतहलाई दिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्था अनुसार राजस्व परामर्श समिति उपप्रमुखको संयोजकत्वमा सात सदस्यीय हुनेछ ।