विराटनगर ५ मंसिर । मोरङको बुढीगंगाबाट एक बालश्रमिकको उद्धार गरिएको छ ।
बुढीगंगा १ मा सञ्चालित एक होटलमा १६ वर्षिया बालिकालाई श्रममा लगाई अवैध गतिविधि गरेको सूचनाका आधारमा मंगलबार राष्ट्रिय बालअधिकार परिषद्, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेश, बुढिगंगा गाउँपालिका स्थानीय बालअधिकार समिति, ईलाका प्रहरी कार्यालय नेमुवा, बालहेल्पलाईन सेवा १०९८ ले बालिकाको संयुक्त रुपमा उद्धार गरिएको हो ।
उद्धार गरिएको बालिकालाई अस्थायी संरक्षण प्रदान गरिएको राष्ट्रिय बालअधिकार परिषद्, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेशका समन्वय अधिकृत सुमन अधिकारीले जानकारी दिनुभयो । बालबालिकालाई श्रममा लगाउने होटल व्यवसायीलाई प्रहरीले आवश्यक कानूनी कार्वाही शुरु गरेको मोरङ प्रहरीले जनाएको छ ।