पूर्वमन्त्री अधिकारी थप ५ दिन हिरासतमा रहने

विराटनगर ४ मंसिर । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन हिरासतमा रहनु हुने भएको छ ।

मानव तस्करीको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका अधिकारीलाई हिरासतमा राख्न अदालतबाट अनुमति लिएको समय सकिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले आज जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।

अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । कात्तिक दोस्रो हप्ता जापान जाँदा असम्बन्धित व्यक्तिलाई पनि लिएर गएपछि एमाले प्रदेशसभा सदस्य तथा तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारी छानबिनमा पर्नुभएको हो ।