विराटनगर, २८ वैशाख । एमालेबाट विराटनगर महानगरपालिकाको उपमेयरको उम्मेदवार शिल्पा निराला (कार्की) विरुद्धको मुद्दाको सुनुवाइ सरेको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासमा पेसी रहेको उक्त मुद्दा हेर्न नमिल्ने हुँदै सुनुवाइ सरेको हो ।
उपमेयरका उम्मेदवार जसपाका अमरेन्द्र यादवले कोशी अस्पताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै सर्वाेच्चमा रिट दायर गरेका थिए । उनले कार्कीको उम्मेदवारी रद्द हुनुपर्ने जिकीर रिटमा गरेका थिए ।
रिटमा दुबै पक्षको बहसका लागि आजको मिति तोकिएको थियो ।