एम्स कलेजमा आमसंचारसम्बन्धी प्रशिक्षण

विराटनगर, २५ वैशाख । विराटनगर स्थित एम्स कलेजमा आमसंचार सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्नातक तह पहिलो र दोस्रो बर्षमा अध्ययनरत एक दर्जन बढी विद्यार्थी सहभागी कार्यक्रममा पत्रकारिताका आधारभूत बिषय बस्तु तथा कार्यक्रम संचालन र समाचार वाचनका बिषयमा प्रशिक्षण दिइएको थियो ।

विद्यार्थीहरू भित्र भएको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको एम्स कलेजका प्रमुख चिन्तामणि बस्नेतले जानकारी दिए । दुई दिने अभिमुखीकरण कार्यक्रम छोटो भएपनि आमसंचार र पत्रकारितालाई संक्षेपमा बुझ्न फलदायी भएको सहभागी विद्यार्थीहरुले बताएका छन् । कलेजको सभाहलमा आयोजित अभिमुखीकरण कार्यक्रमको बिराटनगरका पत्रकार हरिहर नेपालले सहजिकरण गरेका थिए । पत्रकारिता तथा आमसंचारको बिषय बृहत भए पनि दुई दिनको छोटो अवधि भएपनि यसले पत्रकारितालाई सुष्म रुपमा बुझ्नलाई विद्यार्थीहरुलाई थप सहयोग पुर्याउने सहजकर्ता नेपालले बताए ।

एम्स कलेजले समय समयमा विद्यार्थीहरुका लागि विभिन्न बिषयमा यस्ता खालका प्रशिक्षण कार्यक्रमहरूको आयोजना गर्दै आएको कलेजका प्रमुख वस्नेतले जानकारी दिए ।