सडकआश्रित तथा सहयाेगापेक्षी बालबालिकामुक्त काेशी प्रदेश बनाउँछाै : मन्त्री राई

विराटनगर २९ भदाै । काेशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले सडकआश्रित तथा सहयाेगापेक्षी बालबालिकामुक्त प्रदेश बनाइने बताउनु भएकाे छ । उहाँले काेशी प्रदेशलाई चाँडै सडकआश्रित तथा सहयाेगापेक्षी बालबालिकामुक्त घाेषणा गरिने बताउनुभयाे ।

६० औं राष्ट्रिय बालदिवसका अवसरमा बालबालिका खाेज तलास तथा समन्वय केन्द्र १०४ , काेशी पदेश विराटनगरले आज आयोजना गरेकाे कार्यक्रममा मन्त्री राईले साे कुरा बताउनु भएको हाे । उहाले बालबालिका भाेलिका भविष्य भएकाले उनीहरूका लागि लगानी आवश्यक रहेकाेमा जाेड दिनुभयाे ।
बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरूकालागि लगानी आवश्यक रहेकाे मन्त्री राईकाे भनाई छ ।

कार्यक्रममा विराटनगर २ का ताराचन्द खेतान र धरानकी सकुन्तला सुब्बालाई सम्मानित गरिएकाे थियाे । एक दर्जन बढी बालबालिकाकाे क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससहरूलाई प्रशंसाा पत्रले सम्मानित गरिएकाे खाेजतलास केन्द्रका समन्वय अधिकृत सुमन अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा जिसस उपप्रमुख उषा झा, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फणीन्द्र खत्री, एसएसपी जयराज सापकोटा, विराटनगर ३ का वडाध्यक्ष बासुबहादुर वस्नेत लगायतको उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा बालबालिकाहरूले नृत्य तथा कविता प्रस्तुत गरेका थिए ।