कोबास कलेजले भन्यो– बैक, वित्तिय संस्थामा हाम्रा विद्यार्थी पुगेका छन्

विराटनगर १९ साउन । कोबास कलेज विराटनगरमा अध्ययन गरेका विद्यार्थी बैंक तथा वित्तिय संस्थाहरुमा पुगेको कलेजले जनाएको छ । नेपालका बैंक तथा वित्तिय संस्थाका साथै विदेशमा पनि व्यवस्थापनको क्षेत्रमा राम्रोसँग काम गरेर हाम्रा विद्यार्थी बसेको कलेजका प्रिन्सीपल सुनिल श्रेष्ठले जानकारी दिनुभयो ।

कलेजले आज विराटनगरमा आयोजना गरेको २९ औं ब्याचका ३५० नयाँ विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रममा प्रिन्सीपल श्रेष्ठले बैंक तथा वित्तिय संस्थामा आफ्ना विद्यार्थीहरु बढी रहेको बताउनु भएको हो । विद्यार्थी स्वागत तथा अभिमुखीकरण कार्यक्रममा सम्मान गरिएका अधिकांश विद्यार्थीहरु बैंक तथा वित्तिय संस्थाहरुकै बढी थिए । कलेजले बैंक तथा वित्तिय संस्था, विश्वविद्यालय तथा कलेजमा प्राध्यापनरतहरुलाई सम्मान गरेको थियो ।

कार्यक्रममा प्रिन्सीपल श्रेष्ठले बैंकिङ क्षेत्र, व्यवस्थापन क्षेत्रमा कोबासका विद्यार्थी पुगेको र विदेशमा पनि राम्रो हैसियत सहित बसेको दावी गर्नुभयो । उहाँले विराटनगरका कलेजहरुमा २० हजार विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो ।

विद्यार्थीका कारण पनि विराटनगरको आर्थिक अवस्था चलायमान भएको प्रिन्सीपल श्रेष्ठको भनाई छ । उहाँले पढ्दै कमाउदै आजको आवस्यकता रहेको बताउनुभयो । कार्यक्रममा कलेजकी सञ्चालक प्रिया सारडा, प्याव्सन मोरङ पूर्वअध्यक्ष सावित्री पराजुली, मोरङ अध्यक्ष प्रेमसिंह सुवाल, एनएमवी बैंक कोशी प्रदेशका प्रमुख सन्तोष बुढाथोकी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विद्यार्थी स्वागत तथा अभिमुखीकरण कार्यक्रमको अवसरमा कक्षा १२ को होटल व्यवस्थापन, आईटी र विज्ञान संकायका विद्यार्थीहरुले प्रर्दशनी पनि गरेका थिए । कक्षा ११ को होटल व्यवस्थापन, विज्ञान, व्यवस्थापन र कम्प्युटर साईन्समा गरि ३५० विद्यार्थी भर्ना भएको प्रिन्सीपल श्रेष्ठले जानकारी दिनुभयो ।