विराटनगर १५ साउन । मोरङका उद्योगी व्यवसायी र बैंकर्सले आ.व. २०८१–०८२ को मौद्रिक नीति सकारात्मक रहेको बताएका छन् । उनीहरुले मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् ।
नेपाल राष्ट्र वैंकले आ.व. २०८१-८२ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले आगामी दिनमा अर्थतन्त्रम पर्ने प्रभावका सन्र्दभमा उद्योगी-व्यवसायी, वैंकर्स र चार्टर्ड एकाउन्टेन्टहरुको उपस्थितिमा उद्योग संगठन मोरङले आज आयोजना गरेको कस्तो आयो मौद्रिक नीति ? परिसंवाद कार्यक्रम उनीहरुले मौद्रिक नीति अर्थतन्त्रमा आशा जगाउने गरि आएको बताएका हुन ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले वर्तमान समयमा वैंकहरुमा पर्याप्त तरलता भएपनि कर्जा प्रवाहमा देखिएको शितिलतालाई मध्यनजर गरी चालुपूंजी कर्जा मार्गदर्शनमा उल्लेखित भेरियन्स एनलाईसेस गरी कर्जा समायोजना गर्ने व्यवस्थालाई २०८२ साउन १ गते देखि लागुहुने समयवधि थप गर्ने, लघु, घरेलु, साना तथा मझौला उद्योगका लागि तोकिएको रु. १ करोडको सीमालाई पुनरावलोकन गर्ने, निर्माण व्यवसायीहरुको हकमा गरिएको व्यवस्था, शेयर धितोमा प्रवाह गर्ने कर्जामा विद्यमान २० करोडको सीमा खारेज गर्ने व्यवस्थालाई अर्थतन्त्रलाई केहीहदसम्म चलायमान वनाउने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष सुरानाले वैंक तथा वित्तीय संस्थाको निष्क्रिय सम्पति तथा गैर वैंकिङ व्यवस्थापन गर्न सम्पति व्यवस्थापन कम्पनी स्थापना गर्ने, ब्याजदर करिडोरको माथिल्लो सीमाको वैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गर्ने, लघुवित्त वित्तीय संस्थाको सेवा सम्वन्धमा रहेका गुनासाको सम्वोधन गर्दै ग्राहक हित संरक्ष्ँण गर्न नियामकीय व्यवस्था गर्ने लगायतका विषय सकारात्मक भएको वताउनुभयो ।
नेपाल वैंकर्स एशोसिएसन कोशी प्रदेशका अध्यक्ष एवं एन.एम.वि वैंक लिमिटेडका प्रदेश प्रमुख सन्तोष वुढाथोकीले निर्माण क्षेत्र, शेयर बजारलाइ नीतिले चलायमान वनाउने धारणा राख्नुभयो । अर्थतन्त्रको धेरै क्षेत्र मन्दिबाट प्रभवित भएको अवस्थामा लोनको माग वढाउने गरी राष्ट्र वैंकबाट सर्कुलर आउनेमा आशावादी रहेको उहाँले वताउनुभयो ।
सप्तकोशी डेभलपमेन्ट वैंक लि.का दिनेशकुमार पोखरेलले वस्तु उपभोग गर्ने वर्ग देशबाट वाहिरिदै गएकाले आशातित रुपमा बजारमा वस्तुको माग घटदै गएको अवस्थामा विक्तीय क्ष्ँेत्रमा आउन सक्ने दबाबको पूर्व मूल्यांकन गरी आर्थिक स्थायीत्व कायम गर्न र बजार माग वढाउने दिशामा मौद्रिक नीति केन्द्रित हुने विश्वास व्यक्त गर्नुभयोे ।
चार्टर्ड एकाउन्टेन्ट तिर्थ यादवले देशका लागि ब्रेन ड्रेन मुख्य समस्याका रुपमा रहेतापनि रोजगार सिर्जनाका विषयमा र नया रोजगारी सिर्जनाम महत्वपूर्ण भूमिका निर्वाह गर्ने ठूला उद्योगहरुलाई तत्काल राहत पुर्याउने सन्दर्भमा मौद्रिक नीतिले सम्वोधन गर्न चुकेको वताउदै त्यस्ता विषयलाई नीतिमै समेटि सकारात्मक वातावरण वनाउनु पर्ने धारणा राख्नुभयोे ।
उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष विपिन काबराले मौद्रिक नीतिले बाहिर जान चाहने युवाहरुलाई थप सहजता वनाएकोमा चिन्ता व्यक्त गर्दै वैंकहरुका साथै उद्योगीलाई समेत नीतिले संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो ।
संगठनद्धारा आयोजित कार्यक्रममा संगठनका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, उद्योगी व्यवसायीहरु, नेपाल राष्ट्र वैंक कोशी निर्देशनालयका निर्देशक, विभिन्न वैंक तथा वित्तीय संस्थाका प्रमुखहरु, चार्टर्ड एकाउन्टेन्टहरुको सहभागिता रहेको थियो ।