चीना थापा
पाँचबर्षअघि विराटनगरबाट विराटचोकसम्मको २२ किलोमिटर यात्रापूरा गर्न एक घण्टा बढी लाग्थ्यो । विराटनगरबाट दुहवी, इटहरी हुदै विराटचोकजानु पर्ने बाध्यताथियो । तर अहिले विराटनगरबाट विराटचोक निस्कन निजी सवारी साधनहुनेलाई बढीमा आधा घण्टापर्याप्त हुन्छ ।
‘घिनाघाट—विराटचोक सडक निर्माण भएपछि निकै सहजभएको छ,विराटनगरका राम सापकोटाको अनुभव छ‘पूर्बी क्षेत्रमाजागिर गर्नेहरु समयमा नै गन्तव्यमा पुग्छन् । जामको समस्या टरेको छ।’
बिहान१० बजे कार्यालयमापुग्नडेढ/दुई घण्टा अगाडि विराटनगरबाट निस्कनुपर्ने बाध्यता रहेकाहरुलाई अहिले सजिलो भएको छ। ‘अहिले त आधा घण्टा अगाडि निस्कियो भने आनन्दले मोरङको पूर्वी क्षेत्र पुगिन्छ । पूर्वतिर जानको लागिपनिनिकै सहजभएको छ’, सापकोटाले भने ।
यात्राकालागिमाहोइनउत्पादित कृषिवस्तु बजारसम्मल्याउनपनिकिसानहरुलाई यो सडकले सहजबनाएको छ । तीनचरणमा विभाजन गरी २०७६ सालदेखि निर्माण सुरु गरिएको यो सडक विराटनगर भित्रने तथाबाहिरिने वैकल्पिक सडकको रुपमा रहेको छ जुन् सडक कोशीप्रदेश सरकारको गौरवको आयोजना पनि हो ।
यो सडक विराटनगर प्रवेश गर्ने कोशी राजमार्गको विकल्पको रुपमा रहेको छ । प्रदेश सरकारको १ अर्ब ४० करोडको लगानी रहेको विराटचोक–घिनाघाट चार लेन सडक प्रदेशको पहिलो र नमुना सडक आयोजना हो ।
कोशीप्रदेश सरकारले विगतपाँचआर्थिक बर्षमा र चालु आर्थिक बर्षको दोस्रो चौमासिकसम्ममा ४७ वटा बहुबर्षीय सडक निर्माण सम्पन्न गरेको छ । यसबीचमा४ सय किलोटिमर सडकको ट्रयाक खुलागरिएको पनिकोशी सरकारले जनाएको छ ।
कोशीप्रदेश सरकारले समीक्षाअवधिमा एक हजार ३८ किलोमिटर सडक मर्मत गरेको छ भने एक हजार २२८ किलोमिटर सडक ग्राभेल गरेको भौतिकपूर्वाधार विकास मन्त्रालयले जनाएको छ । त्यस्तै एक हजार१३२ किलोमिटर कच्ची सडक निर्माण गरेको र १७किलोमिटर सडक आरसीसी÷पीसिसि गरिएको भौतिकपूर्वाधार विकास मन्त्रालयका सूचनाअधिकारी आयुषजोशीले जानकारी दिए । यसबीचमै ४३ किलोमिटर सडक सोलिङ्ग गरिएको र पाँच सय ९ किलोमिटर सडक कालोपत्रे गरिएको मन्त्रालयले जनाएको छ ।
सरकारले चालु आर्थिक बर्षको दोस्रो चौमासिक सम्ममाएक सय ६४ वटा झोलुङ्गे पुलनिर्माण सम्पन्न गरेको छ भने ९६ओटा वटा मोटरेबल पुलनिर्माण सम्पन्न गरेको सूचनाअधिकारी जोशीले जानकारी दिए ।
उनकाअनुसार भौतिकपूर्वाधार विकास मन्त्रालयले कोशीप्रदेशका १४ जिल्ला हेर्ने गरी ७ वटा पूर्वाधार विकास कार्यालय मार्फत कामगरिरहेको छ । जसमापूर्वाधार विकास कार्यालय, मोरङ अन्तर्गत २४ वटा बहुबर्षीय सडक र ७ वटा बहुबर्षिय पुलनिर्माणाधिन अवस्थामा रहेका छन् ।
त्यस्तै पूर्वाधार विकास कार्यालय, झापाअन्तर्गत १८ वटा बहुबर्षिय सडक र १७ वटा लबहुबर्षिय पुलनिर्माणाधिन अवस्थामा रहेका छन् भने पूर्वाधार विकास कार्यालय, पाँचथर अन्र्तगतसात वटा बहुबर्षिय सडक र पाँचवटा बहुबर्षिय पुलनिर्माणाधिन अवस्थामा छन् ।
त्यसैगरी पूर्वाधार विकास कार्यालय, संखुवासभाअन्र्तगतचार वटा बहुबर्षिय सडक र चार वटा पुलनिर्माणधिन अवस्थामा छन् भने पूर्वाधार विकास कार्यालय, भोजपुर अन्र्तगतनौ वटा बहुबर्षिय सडक र नौ वटा बहुबर्षिय पुलनिर्माणाधिन अवस्थामा छन् । पूर्वाधार विकास कार्यालय, उदयपुर अन्र्तगतचार वटा बहुबर्षिय सडक र चार वटा बहुबर्षिय पुलनिर्माणाधिन अवस्थामा छन् । पूर्वाधारविकास कार्यालय, ओखलढुंगा अन्र्तगतछ वटा बहुबर्षिय सडक र सात वटा बहुबर्षिय पुलनिर्माणाधिन अवस्थामा छन् ।
प्रदेशको प्रहरी पूर्वाधार
कोशीप्रदेश सरकारले विगतपाँचआर्थिक बर्ष र चालु आर्थिक बर्षको दोस्रो चौमासिक सम्ममा१३ वटा प्रहरी भवननिर्माण सम्पन्नगरेको छ । संघीय सरकारको मातहतमा रहेको प्रहरीलाई प्रदेश सरकारले पूर्वाधारमा राम्रो लगानी गरेको छ । कोशीप्रदेश प्रहरी कार्यालयकाप्रहरी नायबमहानिरिक्षक चन्द्र कुबेर खापुङ्गले प्रदेश सरकारको लगानीले प्रहरीको कामकारवाहीमानिकै सघाउ पुगेको बताए ।
‘प्रदेश सरकारले स्थानीयतथा संघीय सरकारको पुलको कामगर्ने पनिहो । प्रहरी औपचारिक रुपमा समायोजन नभईसकेको भएपनिकाम त प्रदेशमा नै बसेर गरिरहेको छ’, उनले भने, ‘प्रदेश प्रहरी कार्यालयको भवनपनिप्रदेश सरकारको नै लगानीमाबनेको हो । यसले अहिले हामीले कामगर्न सहजभएको छ । भवननिर्माणसँगै मर्मतको लागि पनि सरकारले निकै सहयोग गरेको छ ।
सरकारले प्रहरीबाहेक १२ वटा सामुदायिकभवन र सभाहलनिर्माण सम्पन्न गरेको छ भने १६३ वटा सामुदायिकभवननिर्माणाधिन अवस्थामा रहेका छन् ।नौ वटा सहकारी भवननिर्माण सम्पन्नभएका छन्भने २१ वटा सरकारी भवननिर्माणाधिन अवस्थामाछ । भौतिकपूर्वाधार विकास मन्त्रालयले दिएको जानकारी अनुसारचार वटा अस्पताल भवननिर्माणाधिन अवस्थामा रहेका छन ।तीनवटा खेलकुदपूर्वाधार निर्माण सम्पन्नभएको छ भने आठ वटा खेलकुदपुर्वाधार निर्माणाधिन अवस्थामा छन् । त्यस्तै एकीकृत बस्ती विकास अन्र्तगतपाँच वटा निर्माण सम्पन्नभएको छ । १३ वटा निर्माणाधिन अवस्थामा छन्।
जनताआवास कार्यक्रमअन्र्तगत२७६ वटा घर निर्माण सम्पन्नभएका छन् भने ९८२ वटा निर्माणाधिन अवस्थामा रहेका छन् । कोशीप्रदेशमातीन वटा बसपार्क निर्माण सम्पन्नभएको छ भने ४ वटा बसपार्क निर्माणाधिन अवस्थामा रहेको छ । दुई वटा प्रवेशद्वार तथाभ्युटावर निर्माण सम्पन्नभएको छ भने तीनओटा वटा निर्माणाधिन अवस्थामा रहेको छ । अन्यपुर्वाधार निर्माणमा दशओटा परियोजनासम्पन्नभइसकेको छ भने ३८ वटा निर्माणाधिन अवस्थामा छन् । छ वटा पार्क निर्माण सम्पन्नभएको र नौ वटा पार्क निर्माणाधिन अवस्थामा रहेको मन्त्रालयका सूचनाअधिकारी जोशीले जानकारी दिए ।
वित्तीयप्रगति सुधारोन्मुख
भौतिकपूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी आर्थिक बर्ष २०७८/०७९ मावित्तियप्रगति गरेको छ । ९ अर्ब ८६ करोड विनियोजित बजेट रहेकोमा ९ अर्ब १९ करोड बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ । जसमा ९३.२ प्रतिशतवित्तियप्रगतिहासिल गरेको छ ।
मन्त्रालयले आर्थिक बर्ष २०७४/०७५ मा २ अर्व ६४ करोड बजेट विनियोजन रहेकोमा १ अर्व ६५ करोड खर्च गरेको थियो । अर्थात् ६२.५ प्रतिशतवित्तियप्रगति गरेको थियो । यो आर्थिक बर्षमा सबैभन्दाकमवित्तियप्रगतिभएको बर्ष पनिहो ।
त्यसैगरी आर्थिक बर्ष २०७५/०७६ मा ६ अर्ब ९७ करोड बजेट विनियोजन रहेको मन्त्रालयले ५ अर्ब ६ करोड बजेट खर्च गरेको थियो । जसमा७२.६ प्रतिशतवित्तियप्रगति गरेको थियो ।
आर्थिक बर्ष २०७६/०७७मा २२ अर्व ११ करोड बजेट विनियोजन रहेको मन्त्रालयले १६ अर्व ४६ करोड बजेट खर्च गरेको थियो । सो आर्थिक बर्षमा ७४.४५ प्रतिशतवित्तियप्रगतिहासिल गरेको मन्त्रालयले जनाएको छ। आर्थिक बर्ष २०७७÷०७८ मा ११ अर्व ९ करोड बजेट विनियोजन रहेकोमा७अर्व ३६ करोड मात्रखर्च गरेको थियो । जसमावित्तीयप्रगति ६६.३७प्रतिशतमात्र रहेको छ ।
आर्थिक बर्ष २०७९/०८० मा १० अर्व २६ करोड बजेट विनियोजन रहेको भौतिकविकास मन्त्रालयले ८ अर्ब ७९ करोड बजेट खर्च गरेको थियो । जसमा ८५ं.७० प्रतिशतवित्तियप्रगतिप्राप्त गरेको थियो । चालु आर्थिक बर्ष २०८०/०८१कालागि १२ अर्व ६५ करोड बजेट विनियोजन रहेको मन्त्रालयले तेस्रो त्रैमासिक सम्ममा ३ अर्व ९३ करोड खर्च गरिसकेको छ । जसमावित्तियप्रगति ३१.०६ प्रतिशत रहेको छ । आर्थिक बर्षको अन्त्यसम्ममा बढ्ने छ ।
कोशीप्रदेशकामुख्यमन्त्रीहिक्मतकार्की प्रदेशको संरचनाबनेसँगै प्रदेश सरकारले भौतिकपूर्वाधार विकासको क्षेत्रमाउल्लेख्य कामगरेको बताउँछन् । “प्रदेशको आयस्रोतले भ्याएसम्मकामगरिरहेका छौँ, उनले भने, “सिमित स्रोत साधनर आम्दानीहुँदाहुँदै पनिसरकारले अघि बढाएका योजनाकि त सम्पन्नभईसकेका छन् । कि त सम्पन्नहुने चरणमा छन् । अलपत्रभने छैनन् ।”
प्रदेश सरकारको औचित्यनभएको हल्लाहरु बढीरहँदाभौतिकविकास निर्माणले यो भ्रमलाई चिर्ने प्रयास गरेको छ । स्थानीयतह र संघीय सरकारबीचको पुलको कामगरिरहेको प्रदेश सरकारले आफ्नो मातहतमाआईनसकेको प्रहरीमापनि धेरै लगानी गरेको मुख्यमन्त्रीकार्कीले बताए ।
संघियता लागु भएसँगै स—सानाआयोजनाकालागि केन्द्रिय सरकार गुहार्नुपर्ने बाध्यता हटेको छ । भौतिकनिर्माणको क्षेत्रमाकोशीप्रदेश सरकार अब्बल देखिएको छ । प्रदेशको आवश्यकतालाई मध्यनजर गर्दै आवश्यकताअनुसारको लगानीमाअझध्यानदिन सके धेरै कामहुन सक्छ । नेताको स्वार्थभन्दामाथि उठेर जनताको समस्यामाध्यानदिन सके प्रदेश सरकारको औचित्य पुष्टि हुन धेरै समय कुर्नु पर्ने अबस्था छैन ।