विराटनगर १ असार । कोशी प्रदेश सरकारले संचारमाध्यमको विकासका लागि २ करोड ५० लाख विनियोजन गरेको छ ।
प्रदेश भित्रका संचारको विकासका लागि सो रकम खर्च गरिने कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले आज प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट प्रस्तुत गर्दै सो कुरा बताउनु भएको हो ।
उहाँले संचारमाध्यमको अभिलेख गरि लोककल्याणकारी विज्ञापन वितरण गरिने बताउनुभयो ।