युवा पुस्तालाई रोजगार दिन श्रमाधान मेला : मन्त्री अर्याल

विराटनगर, १७ जेठ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्यालले युवा पुस्तालाई स्वरोजगार बनाउन श्रमाधान मेलाको आयोजना गरेको बताउनुभएको छ । विराटनगरमा आज आयोजित श्रमाधान रोजगार मेला कार्यक्रममासो कुरा बताउनुभएको हो ।

विदेश पठाउने मन्त्रालयको रुपमा चिनिने यो मन्त्रालय भाष्यलाई अन्त्य गर्नु आवश्यक रहेको भन्दै मन्त्री अर्यालले रोजगारदाता र रोजगारीमा लाग्ने युवाहरुको बीचको दूरी हटाउन यो मेला फलदायी हुने विचार व्यक्त्त गनुृभयो । उहाँले विदेश पठाउने एजेन्टहरुले घर/घरमा पुग्ने र तर स्वदेशमै रोजगार छ नभत्रे कुरालाई अन्त्य गर्न पनि श्रमाधान मेलाले मद्दत गर्ने भन्दै मन्त्रालयले वैदिश रोजगारलाई व्यवस्थित गर्न र स्वदेशमै रोजगार दिन आवश्यक सल्लाह र सुझाव आदानप्रदान गर्न श्रमाधान कल सेन्टर स्थापना गरेको जानकारी दिनुभयो । उहाँले तीनवटै तहका सरकार तथा निजी क्षेत्र मिलेर रोजगार सिर्जना गर्नु पर्ने धारणा राख्दै स्वदेशी उद्योगमा विदेशी कामदार हुने र स्वदेशी कामदार विदेश जाने प्रवृतिलाई चिर्न पनि यो मेला सहयोगी हुने धारणा राख्नुभयो । उहाँले यो मेला सातवटै प्रदेशमा आयोजना हुने पनि जानकारी दिनुभयो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव घनश्याम उपाध्यायले मुलुकमा थुप्रै रोजगारको अवसर हँुदाहुँदै पनि रोजगारदाता र रोजगारी खोज्नेका बीच दूरी घटाउन मेला आयोजना गरेको जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लगानी वातावरण सिर्जना भएमा रोजगारीको समस्या त्यसै समाधान हुने भन्दै निजी क्षेत्रको विकास गर्न सरकारबाट भएका काम सराहनीय छ भत्रुभयो ।

राजस्व वृद्धिमा निजी क्षेत्रको अत्यन्त महत्वपूर्ण भूमिका रहने भएकाले स्वदेशी लगानीलाई सरकारले प्राथमिकता राख्नु पर्ने उहाँको भनाई थियो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले अहिले पनि देशमा सबै भन्दा बढी रोजगार निजी क्षेत्रबाट नै उलब्ध भइरहेको बताउँदै सरकारले निजी क्षेत्रको मागमा गम्भीर बत्रुपर्ने धारणा राख्नुभयो ।

तीन तहकै सरकार आयोजक रहेको मेलामा निजी क्षेत्रले संयोजन गरेको र भोलिसम्म चल्ने मेलामा ५० वट स्टल रहने बताइएको छ ।