प्रदेश योजना आयोगका उपाध्यक्ष डा अधिकारीद्धारा शपथ ग्रहण

विराटनगर ७ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीलाई शपथ ग्रहण गराउनु भएको छ ।

मुख्यमन्त्री कार्कीले मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा एक समारोहमा बीच झापा विर्तामोड निवासी प्रदेश योजना आयोगका उपाध्यक्ष डा अधिकारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो ।

शपथ ग्रहण समारोहमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी, खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्की, पर्यटन , वन तथा वातावरण मन्त्री नारायणबहादुर मगर, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयकी राज्यमन्त्री सिर्जना राई , पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा बन्दना झाँगर , विभिन्न मन्त्रालयका सचिव , मुख्यमन्त्री कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।