न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन र विक्री वितरण गरेको आरोपमा १९ वटा मुद्दा दायर

विराटनगर ९ वैशाख । विराटनगर स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन र विक्री वितरण गरेको आरोपमा विगत ९ महिनामा १९ वटा मुद्दा दायर गरेको छ ।
आइतबार विराटनगरमा आयोजित तेश्रो त्रैमासिक समिक्षा गोष्ठीमा सो कार्यालयले गरेका कार्यहरु र प्रगति विवरण सार्वजनि गरेको छ । यसै क्रममा सो कार्यालयले विराटनगर दुग्ध वितरण आयोजना सहित १५ वटा निजी उद्योगहरु विरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको छ ।

सो कार्यक्रममा खाद्य अनुसंधान अधिकृत दिनेश सुवेदीले पत्रपत्रिका वा मसी छापिएका कागजमा लिडको मात्रा हुने भएकाले यसबाट शरीरलाई हानी र्पुयाउने भएकाले सचेतनाका साथै कारवाही थालिएको जानकारी दिए । उनले खाद्य पदार्थ पोको पार्न पत्रपत्रिका, मसी छापिएका वा रंगिन कागजमा प्रयोग गर्न नहुने र कानुनी रुपमा नै वर्जित गरिएको जानकारी दिए । उनले जानकारी गराउद गराउदै प्रयोग गरेको पाइएमा १० हजार जरिवाना सहत सजाय हुने बताए ।

सो कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख विजय खनालले खाद्य पदार्थमा हुने परम्परागत मिसावट भन्दा आधुनिक र प्रविधियुक्त मिसावट बढी जोखिमपूर्ण हुने भएकाले यसलाई रोक्न सरोकारवाला तथा संचारकर्मीहरुको महत्वपूर्ण भूमिका हुने बताए । उनले संचार माध्यामबाट सचेतना मुलक संदेशहरु प्रवाह गरिरहेको जानकारी दिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले अन्तर्रााट्र्रय स्तरको प्रयोगशालाको मान्यता पाएकाले उद्योगी व्यवसायीहरुले विराटनगरबाट निर्यात गर्ने वस्तुको प्रमाणपत्र लिन सकिने जानकारी गराइएको थियो । सो कार्यक्रममा कोशी प्रदेशका खाद्य प्रमुखहरु साथै प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।