विराटनगर १ चैत । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत लिग चरणको आज सम्पन्न अन्तिम खेलसँगै सेमिफाइनलको समिकरण पुरा भएको छ ।
मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी प्रतियोगिता अन्र्तगत आज सम्पन्न पहिलो खेलमा मधेश प्रदेशले एपिएफ र वागमती प्रदेशले नेपाल पुलिसलाई पराजित गरेको छ । समुह ए बाट एक खेल अगावै आर्मी ८ अंकका साथ शिर्ष स्थानमा रहन्दै समुह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
आर्मीसँगै समुह ए बाट कर्णाली समुह उप विजेता भएको छ । त्यस्तै समुह वि बाट लुम्बिनीले ४ मा ३ खेल जित्दै ६ अंकका साथ समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने सुदूरपश्चिमले पनि ४ मा ३ खेल जित्दै ६ अंकका साथ उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । लुम्बिनीको नेट रन रेटको आधारमा समुह विजेताा बनेको हो ।
पहिलो खेलमा मधेश प्रदेशले एपिएफलाई २१ रनले ले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४३ रनको योगफल तयार पारेको थियो । जवाफमा १ सय ४४ रनको लक्ष्य पछ्याएको एपिएफले पुरै ओभर खैल्दै ८ विकेटको क्षतिमा १ सय २२ रनमा सिमित भयो ।
दोस्रो खेलमा विभागिय टोली नेपाल पुलिसलाई वागमती प्रदेशले ३३ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको वागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७३ रनको स्कोर बनाएको थियो । जवाफमा १ सय ७४ रनको लक्ष्य पाएको पुलिसले १२ ओभरमा सवै विकेट १ सय ४० रनमा सिमित भयो ।
भोलीको पहिलो सेमिफाइनल खेल आर्मी र सुदूरपश्चिम तथा दोस्रो सेमिफाइनल खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशविच खेल हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिनुभयो ।