विराटनगर १८ फागुन । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा जारी दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा लगातार ४ खेलमा विजयी हुँदै सरस्वती स्कुल र वालिका स्कुल फाइनलमा प्रवेश गरेको छ ।
विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सरस्वती, वालिका, सत्यनारायण स्कुल विजयी भएका छन् । पहिलो खेलमा महेन्द्र स्कुललाई सरस्वती स्कुलले ६४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १६ ओभरमा ६ विकेट गुमाई १ सय २१ रनको योगफल बनाएको छ ।
१ सय २२ रनको विजयी लक्ष्य पाएको महेन्द्रले निर्धारित ओभरमा ७ विकेट गुमाई ५७ रन मात्र बनाउँन सक्यो । दोस्रो खेलमा वालिका स्कुलले आर्दश स्कुललाई ३५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको वालिकाले निर्धारित १६ ओभरमा ४ विकेट गुमाई १ सय १० रन बनाएको छ । १ सय ११ रनको विजयी लक्ष्य पाएको आर्दशले निर्धारित ओभरमा ४ विकेट गुमाई ७५ रनमा सिमित भयो । तेस्रो खेलमा सत्यनारायण स्कुलले मिल्स स्कुललाई ३९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित १६ ओभरमा ५ विकेट गुमाई १ सय ८ रन बनाएको छ । १ सय ९ रनको विजयी लक्ष्य पाएको मिल्सले १५ ओभरमा सवै विकेट गुमाई ६९ रनमा सिमित भयो । चौथो खेलमा महेन्द्र स्कुललाई वालिका स्कुलले ५ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको महेन्द्रले निर्धारित १६ ओभरमा ६ विकेट गुमाई ८९ रन बनाएको छ । ९० रनको विजयी लक्ष्य पाएको वालिकाले १५ दशमलव ४ बलमा ५ विकेट गुमाई सो वियी लक्ष्य पार गरेको थियो । पाँचौ खेलमा सरस्वती स्कुलले सत्यनारायण स्कुललाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित १६ ओभरमा ५ विकेट गुमाई ७९ रन बनाएको छ । ८० रनको विजयी लक्ष्य पाएको सरस्वतीले १० दशमलव ३ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो ।
छैटौ खेलमा मिल्स स्कुलले आर्दश स्कुललाई ६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित १६ ओभरमा ५ विकेट गुमाई ९९ रन बनाएको छ । १ सय रनको विजयी लक्ष्य पाएको आर्दशले निर्धारित ओभरमा ६ विकेट गुमाई ९३ रनमा सिमित भएको थियो ।