एभरेष्ट अन्तर हाउस फूटबल प्रतियोगिता सुरू, पहिलो दिन तीन खेल सम्पन्न

विराटनगर २३ माघ । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा आजदेखी अन्तरहाउस फुटबल प्रतियोगिता सुरू भएको छ ।

आज दिउँसो उद्घाटन भएको प्रतियोगिता तीन दिन सम्म चल्ने छ । स्काउटको मार्छ पास, नृत्य प्रस्तुति पछि उद्घाटन भएको प्रतियोगितामा आज तीन वटा खेल भएका छन् ।
विद्यालयका अध्यक्ष विनोद ढकालले रेफ्रीलाई बल दिएर उद्घाटन भएको पहिलो खेल कक्षा ३, ४ र ५ को मेची र गण्डकी हाउस बिच भएको थियो ।

जस्मा गण्डकी हाउड विजयी भएको छ । निर्धारित समयम दुबै टीम १–१ गोलको बराबरीमा रोकिएपछि निर्णय टाईब्रेकरबाट गरिएको थियो । टाईब्रेकरमा गण्डकीले ४ गोल गर्दा मेचिले २ गोल र्गयो । उक्त खेलको म्यान अफ द म्याच प्रशन्नदीप मंग्रान्ती हुनुभयो ।

दोस्रो कोशी र कर्णाली हाउस बिचको खेलमा कोशी विजयी भयो । निर्धारित समयमा दुवै टीम गोलरहित बराबरीमा रोकिएपछि निर्णय टाईब्रेकरबाट गरियो । जस्मा कोशी हाउसले ४ र कर्णालीले २ गोल गरे । उक्त खेलको म्यान अफ द म्याच कोशीका गोलरक्षक ओस्कर पुरी हुनुभयो ।

आजै कक्षा ६ र ७ बाट कोशी र मेची हाउस बिचको खेलमा मेची विजयी भएको छ । उक्त खेलमा १ मात्र गोल मेचिका तर्फबाट रोचक नेपालले गर्नुभयो । उक्त खेलको म्यान अफ द म्याच रोचक नेपाल नै घोषित हुनुभयो ।

प्रतियोगिता अन्तरगत भोलि कक्षा ६ र ७ को कर्णाली र गण्डकी, कक्षा ८ र ९ को कोशी र गण्डकी तथा मेची र कर्णाली बिच हुनेछ । यस्तै छात्रा तर्फ कक्षा ७,८ र ९ बाट दुई टीमले प्रतिष्पर्धा गर्नेछ्न । फाईनल खेल भने २५ गते हुनेछन ।