मेयरको टिकट पाउने मैले हो, अहिलेसम्म कसैको नाममा सहमति भएको छैन : पराजुली

विराटनगर, १० वैशाख । विराटनगर महानगरपालिकाको टिकट आफुले नै पाउने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दावी गरेका छन् ।

पार्टीले औपचारिक निर्णय गर्न बाँकी नै रहेको उनले बताए । अरुणखवरसँग कुराकानी गर्दै प्रमुख पराजुलीले भने,‘ अन्तिम निर्णय गर्न पार्टी वैठक बस्न बाँकी छ, अहिले सम्म कसैको नाममा फाईनल भएको छैन, टिकट मैले नै पाउने हो ।’

प्रदेश समितिबाट केन्द्रीय समितिमा आएका नामहरुबारे छलफल भईरहेको उनले बताए ।